गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा लगिएको छ ।
अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताए । निजलाई सोमबार अदालतमा पेस गरिनेछ ।
उनलाई सहकारी ठगी आरोपमा संसदीय छानबिन टोलीले दिएको प्रतिवेदन कार्यन्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जेशीलाई आइतबार दिउँसो उनकै निवासबाट पक्राउ गरिएको थियो ।