काठमाडौंँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियलाई १३३ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा १३२ रन बनाउँदै झिनो लक्ष्य प्रस्तुत गरेको हो ।
आजको खेलमा नेपालका सर्बाधिक रन भीम सार्कीले सर्वाधिक ४४ रन जोडे । नेपालका ४ जना ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसकेको खेलमा गुल्सन २१ र करण केसीले १६ रननमै आउट भए ।
उत्कृष्ट बलिङ गरेको नामिबियाका कप्तान जेरार्ड एरास्मसले ८.१ ओभरमा जम्मा २८ रन र्खिचएर नेपालको ५ विकेट लिए । दोस्रो पारी अब केही बेरमा सुरु हुँदैछ ।