काठमाडौँ । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दल १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल साउन ३० गते स्थापना भएको सो पार्टीले बुधबार एक कार्यक्रमका बीच आफ्नो १७ औँ स्थापना दिवस मनाएको हो ।
ललितपुरको एकान्तकुनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीले वर्तमान नेपालको राजनीतिक अवस्थामाथिको अन्तरक्रिया र छलफल कार्यक्रम आयोजना गरेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष ९अधिदलपति० जयवन्त बिक्रम शाहले नेपालवाद, नेपालीतन्त्र र नेपाली राष्ट्रवादको राराजनीतिक पथमा नेपाल र नेपालीलाई अघि बढाउन ढिलाई गर्न नहुने विचार व्यक्त गरे । उनले नेपाललाई विश्वकै एक नम्बरको विकसित मुलुक र र नेपाली जनतालाई उदाहरणीय नागरिक बनाउने गरी पुनर्जागरणको अभियान चलाउन जरुरी भएको धारणा राखे ।
मुलुक भष्ट्राचार, कुशासन, बेथिति र बिसंगतिको दलदलमा फसेको भन्दै अधिदलपति शाहले भने,‘ मुलुकका हरेक तह र तप्कामा विसंगतिको चाङ लागेको छ । यसलाई सफा गरेर नयाँ मुलुक बनाउन जरुरी छ ।’
नेपालवाद,नेपालीतन्त्र र नेपाली राष्ट्रवादको राजनीतिक पथमा टेकेर नेपालीका दुः खहरुलाई मुक्ति दिलाउन आन्दोलन अपरिहार्य भएको अधिदलपति शाहको भनाई थियो । पार्टीले राजनीतिक अभियानमार्फत २० वर्ष भित्र नेपाल र नेपालीलाई विश्वकै एक नम्बरको उदाहारणीय मुलुक बनाउने उद्देश्यका साथ पुनर्जागरणको अभियान चलाउने पनि पार्टी अध्यक्ष शाहले बताए ।