पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न म्याद थप भएसँगै पोखरा तनावग्रस्त बनेको छ। रवि माथि राजनीतिक प्रतिशोध साँधिएको विरोधमा आन्दोलनरत रविका कार्यकर्ताहरू जिल्ला अदालततर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
पाेखरामा रहेका सिधाकुरा सम्वाददाता विष्णु ढुङ्गाना र लक्ष्मण गिरीकाअनुसार रविका समर्थकले यतिखेर निषेधित क्षेत्र तोडेर अदालततर्फ अघि बढेका छन् ।