पोखरा । आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् ।
प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो पेश नगर्ने उद्देश्यसहित बयानमा ढिलासुस्ती गरेपछी लामिछानेले बुधबार बयान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको कक्षमा आफू बसेको कुर्सी नछोड्ने अडान लिएका हुन् ।
कास्की जिल्ला प्रहरी कार्यालय स्रोतकाअनुसार उनलाई बयानका लागि भन्दै ३ बजे बयान कक्षमा बोलाईएको थियो । स्रोतकाअनुसार लामिछानेलाई आज जम्मा ३ वटा प्रश्न गरेर आजका लागि बयान सकिएको भन्दै भोलि पुनः बयान हुने भनियो । रविले आफू बयानका लागि तयार रहेको र प्रश्न बाँकी भए सबै प्रश्न गर्न अनुसन्धानकर्ताहरूलाई भनेका थिए ।
‘उनीहरु बयान गराउन नमानीकन उठ्न खोजे । त्यसपछि रविले म तयार छु, समय छ । प्रश्न भए सकौँ भने तर उनीहरु मानेनन्,’ स्रोत भन्छ ‘मलाई हिजो पनि दिनभरी सरकारी वकिल कार्यालय लगेर अलमल मात्रै गरेर राखियो । आज पनि दिनभरी बयान हुन्छ हुन्छ भन्दा भन्दै ३ बजेबाट सुरु गरेर जम्मा ३ वटा प्रश्न गरेर आज समय सकियो भनियो ।’
रविले बयान कक्षको कुर्सीबाट उठ्न नमाने पछि अहिले अनुसन्धान अधिकृतहरू अलमलमा परेका छन् । उनलाई मङ्गलबार बयानका लागि सरकारी वकिल कार्यालय पु¥याईएको थियो । तर, आज जिल्ला प्रहरी कार्यालयकै अर्को कक्षामा उनको बयान गराइँदै थियो । गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की पु¥याइएका लामिछानेलाई आइतबार अदालतमा पेश गरिएको थियो ।
जिल्ला अदालत कास्कीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार देखि नै लागू हुनेगरि ६ दिन म्याद थपेको थियो । जसअनुसार बिहीबार अदालतको म्याद सकिदैछ । बयान सकिए पछि अदालतमा म्याद थपका लागि अन्य बाहना नहुने भएपछि ढिला सुस्तीको प्रयास भएको लामिछानेले आफ्ना वकिलहरुलाई बताएका छन् ।
यस विषयमा बुझ्न कास्कीका प्रहरी प्रमुख श्याम ओलियालाई जिज्ञासा राख्दा उनले प्रवक्तासँग सोध्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् रवि लामिछानेमाथि छानबिनको नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘आज सामान्य सोधपुछ भएको हो । अन्य विषय मलाई जानकारी भएन,’ उनले सिधाकुरासँग भने।
साे विषयमा जानकारी लिन जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । जिल्ला न्यायधिवक्त्ता कमला काफ्लेलाई पटक -पटक सम्पर्क गर्दा पनि उनकाे फाेन उठेन ।
-
Kumar 2 months agoयो सरासर राजनीतिक प्रतिशोधको कारण केपी ओली नमरुन्जेलसम्म यो देशलाई शान्ति कहिले पाउने छैन अरु जेसुकै होस् हाम्रो रवि दाईले छिटो न्याय पाउनुपर्यो। 🙏
-
Puskal parajuli 2 months agoआशा गरौ ढिला चांडो सत्यकै बिजय हुने छ
-
Aasik Chand 2 months agoआन्दोलन मार्फत पुरै जरै देखि सत्ता फाल्दै नंया अध्याय सुरु गर्नु पर्छ नेपाली राजनीति मा।
-
Yamlal mahatara 2 months agoहाम्रो रबि दाइ हिरो हो ८४ मा गर्छ सबैलाई जिरो
-
Yamlal mahatara 2 months agoChor sarakar murda bad
-
Nabaraj Dhungana 2 months agoहिरासतमै गोलि हान्न सक्छन् भ्रष्टाचारि हरुले।
-
Ganesh Air 2 months agoभ्रस्ट सर्कार मुर्दावाद ।
-
Urba DATT kalaunee 2 months ago9868759690
-
🖋 You got a transaction from unknown user. Confirm > out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MzEwMDQ1OTA3OTA3JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1 2 months agoglixsa
-
Dharma Yogi 2 months agoशासनसत्ता नडलेसम्म अब आउने पुस्ताले दुःख पाउने पक्का छ।
-
SUKA DEV YASMALEE 2 months agoNice Coverage of current News.
-
Ganesh bist 2 months agoचोर सरकार
-
Dan Bohara 2 months agoअब रवि यस्तो उस्तो भन्छौ नि बालेन हर्के गोपि जोसुकै आउछन तिनिहरुको हातल नि यस्तै षडयन्त्र गरेर फसाउछन यो हामी सबै बुझनु पर्छ । अहिले नै यिनिहरुलाई रबि हर्क बालेन गोपि लाई नछुन नचलाउन भन्ने सन्देश पोखराबाट आन्दोलन गरेर देखाउनु पर्छ जनताको पावर जय नेपाल
-
Rajesh Lamgade 2 months agoयो अराजक सरकार मुर्दाबाद केपि चोर देश छोड 😡😡