पोखरा । कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार म्याद थप गरेको लामिछानेकातर्फका कानुन व्यवसायी डा. नारायणदत्त कडेलले जानकारी दिए ।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सोहिदिन राति जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई अदालतमा पेश गरिएको थियो ।
अदालतले पहिलो पटक शुक्रबारबाटै लागू हुनेगरि ६ दिनको म्याद थपेको थियो । बयान गराउन भन्दै थपिएको सो म्याद बिहीबार सकिए पछि उनलाई आज अदालत पेश गरिएको हो ।