पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न म्याद थप भएसँगै पोखरा तनावग्रस्त बनेको छ। रवि माथि राजनीतिक प्रतिशोध साँधिएको विरोधमा आन्दोलनरत रविका कार्यकर्ताहरूले वाइचोकमा रहेको निषेधित क्षेत्र तोडेका छन् ।
रवि लामिछाने समर्थकहरू निषेधित क्षेत्र तोडेर जिल्ला अदालततर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि थप आक्रोशित बनेका प्रदर्शनकारीहरू केही अघि बढे पनि प्रहरीले रोकेको थियो । त्यसपछि उनीहरु प्रहरी घेरामा रहेर प्रदर्शन गरेका थिए ।