काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट अपहरणमा परेकी महिलाको उद्धारका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको विषेश टोली परिचालन भएको छ । अपहरणमा परेर बन्धक बनाइएकी महिला सर्लाही घर भई काठमाडौँको कोटेश्वरमा बस्दै आएको खुलेको छ ।
उनले प्रहरीलाई दिएको जानकारी अनुसार उनी गर्भवती छिन् । लेनदेन विवाद नमिले पछि ति महिलालाई अपहरण गरेर एक घरमा बन्धक बनाइ राखिएको सूचना आएको प्रहरीले जनाएको छ । उनलाई बन्धक बनाउनेले १६ लाख रुपैयाँ माग गरेका छन् ।