काठमाडौँ । काठमाडौँका कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छिन् । उनलाई १६ लाख रुपैयाँ फिरौती माग गर्दै एक घरमा बन्धक बनाइएको खबर आएको प्रहरी उच्च स्रोतले जनाएको छ । बन्दक बनाइएकी महिलाको उद्धारका लागि प्रहरी परिचाल गरिएको छ । काठमाडौँको कोटेश्वरबाट अपहरणमा परेकी महिलाको उद्धारका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको विषेश टोली परिचालन भएको छ ।
अपहरणमा परेर बन्धक बनाइएकी महिला सर्लाही घर भई काठमाडौँको कोटेश्वरमा बस्दै आएको खुलेको छ । उनले प्रहरीलाई दिएको जानकारी अनुसार उनी गर्भवती छिन् ।
लेनदेन विवाद नमिलेपछि ति महिलालाई अपहरण गरेर एक घरमा बन्धक बनाइ राखिएको सूचना आएको प्रहरीले जनाएको छ । उनलाई बन्धक बनााउनेले १६ लाख रुपैयाँ माग गरेका छन् ।