२७ असोज । कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि थापाले राजीनामा दिएकाे बताएका हुन् ।
उनले राजिनामा पत्रमा लेखेका छन्, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहदै आगामी दिनमा क्रियाशिल रहिरहने छु ।’