नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर रहेका उनले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थन रहेको दाबी पेश गरेका छन् ।
यसअघि पनि नाउपाकै रेशम चौधरी पक्षधर रहेका लक्ष्मणकिशोर चौधरीले पनि दाबी पेश गरेका थिए । उनले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसामु दाबी पेस गरेका थिए ।