काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । पार्टीभित्र रेशम चौधरी पक्षधर मानिएको उनले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसामु दाबी पेस गरेका हुन्।
उनले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । उनले कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबी गरेका छन् ।
सूदुरपश्चिम प्रदेशमा बहुमतका लागि २६ सांसदको समर्थन आवश्यक पर्छ तर चौधरीले २८ सांसदको समर्थन रहेको दाबी गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेदेखि समय सकिँदै छ ।