पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पछिल्लो पटक कात्तिक २५ गते थपिएको १३ दिनको समय सकिएपछि आज फेरि उनलाई अदालत उपस्थित गराइएको हो ।
सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न कात्तिक २ गते रवि लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । पोखरा जिल्ला अदालतले अहिलेसम्म ४ पटक म्याद थप गरिसकेको छ । चौथो पटक दिइएको १३ दिनको म्याद समेत सकिएपछि अहिले पाँचौ पटक म्याद थप गरिएको हो ।