वीरगंज । वीरगंज महानगरका मेयरले आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपबाट बच्न प्रमाण मेटाउने प्रयास गरेका छन् ।
आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकरण अधिकारीलाई ५० लाख रुपैयाँ घुस प्रस्ताव गरेको सिधाकुराले फेला पारेको छ ।
सिधाकुरालाई उपलब्ध प्रमाणअनुसार मेयरका नजिकका मानिसहरुले तत्कालिन समयमा बनेको जन्मदर्ता लगायतका सरकारी कागजातमा हस्ताक्षर बदल्न सघाए पञ्जिकरण अधिकारी भिखारी यादवलाई २५ देखि ५० लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताएका छन् ।
अर्काकी छोरीलाई आफ्नै छोरी भनी नागरिकता दिलाउन मेयर सिंहले तत्कालिन वीरगंज उपमहानगरका वडा नम्बर ३ बाट किर्ते गरी जन्मदर्ताको कागजात तयार गरेका थिए । तत्कालिन सो वडाका पञ्जिकरण अधिकृत भिखारी यादव कार्यालयमै नभएको बेला उनको नक्कली हस्ताक्षर प्रयोग गरेर जन्मदर्ता जारी भएको सिधाकुराले खुलासा गरेको थियो । स्वयम् रायले भिडियो संवाद गर्दै सिधाकुरालाई जन्मदर्तामा उल्लेख भएको हस्ताक्षर किर्ते रहेको बताएका थिए ।
भिखारी राय, तत्कालिन पञ्रजिकरण अधिकारी
सोही जन्मदर्ताको आधारमा मयेर सिंहले रुबिना श्रेष्ठको नाममा नागरिकता र पासपोर्ट लगायतको कागजातसमेत जारी गराएका थिए । यही आरोपमा मेयर सिंह बिरुद्ध नागरिकता किर्तेसहितका सरकारी कागजात किर्ते गरेको आरोपमा फरक फरक ४ वटा जाहेरी दर्ता भइसकेका छन् । आफूमाथि लागेको आरोपबाट उम्किन मेयर सिंहले प्रमाण मेटाउन आफ्ना साथीहरुमार्फत रायलाई घुस रकम अफर गरेको देखिन्छ ।
मेयरको प्रस्ताव लिएर जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, जसपाको नगर अध्यक्ष ईश्वर यादव र मेयरका विश्वास पात्र वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार तत्कालिन पञ्जिकरण अधिकारी भिखारी राय यादवको घरमै पुगेका थिए । उनीहरुले पुरानै मितिमा नयाँ कागजातमा सही छाप गर्न वा यसअघि जारी भइसकेको जन्मदर्ताको हस्ताक्षर आफ्नै हो भनी स्वीकार गर्न दबाब दिएका थिए ।
भिखारी रयकहाँ रकमको प्रस्ताव लिएर पुगेका व्यक्तिहरु
‘अबेर राति वीरगंज महानगरपालिका भेडियारीस्थित मेरो घरमा पुगेर किर्ते कागजात आफँैले गरेको अदालत र अनुसन्धानको टोली समक्ष स्वीकार्न दवाव दिए,’ सिधाकुरासँग रायले । उनकाअनुसार वडा अध्यक्ष बैजुलाल स्वर्णकारले झोलामा बोकेर ल्याएको एक कागज देखाउँदै हस्ताक्षर गरिदिन भनेका थिए । ‘मैले बैजुलाललाई भोली आउनुस् भनेर टार्न खोजेँ । भोलि बिहानै जसपाका जिल्ला समन्वय समितिका अध्यक्ष अजय सरार्फलाई लिएर आए । मैले उसको अगाडि मैले यसअघि नै बोलेको कुरा हो मेरो त्यो हस्ताक्षर हुन्न भने,’ उनी थप्छन्, ‘ त्यसपछि तिनीहरुले चिनजानको मान्छेहरुको सम्पर्क जोड्न थाले । त्यो गर्दाखेरी मैले केही हुन्न कानुनले जे भन्छ त्यो हुन्छ तपाईँहरु वकिलकहाँ जानुस् भनेँ । त्यसपछि मेरै अगाडि आएर मलाई भन्न थाल्यो सारा मिलान भईसकेको छ । केही राखेर विषय बन्द गरौँ ।’
सिधाकुरासँग कुरा गर्दै पञ्जिकरण अधिकारी भिखारी रायले आफु कसैको प्रलोभनमा नपर्ने बताए । मेयरले खटाएका मान्छेले आफ्नो छोरीकै अगाडी हठ गर्न थालेपछि उनले समेत बुवालाई दबाब नदिनुस् प्रहरी बोलाउँछु भनेपछि उनीहरु भागेको रायको दावी छ ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले नागरिकता दिलाइदिएका युवती रुबिना श्रेष्ठको जन्म दर्तामा नै किर्ते रहेको माघ २८ गते तत्कालिन पञ्जिकरण अधिकारी भिखारी रायले सिधाकुरासँग बताएका थिए । किर्ते जोगाउन मेयर सिंहले रिता भट्टराई भन्ने महिलालाई दोस्रो श्रीमती बनाएर जिल्ला अदालत पर्सामा ‘पति’ नाता कायम भएको दाबी गर्दै माघ २८ गते विहान अंश र डिभोर्स मुद्दा दर्ता गराएकी थिईन् । दर्ता गराएको मुद्दामा पेश गरेको जन्मदर्ता प्रमाण पत्र स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको देखिन्छ ।
तर, उक्त जन्मदर्ता प्रमाण पत्रमा राखिएको नाम तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको भएको थाहा पाएपछि उनले जन्मदर्तामा प्रयोग भएको हस्ताक्षर र नाम किर्ते गरिएको भिडियो बयान नै दिएका थिए ।
मेयरको नागरिकता किर्ते प्रकरण छानबिनका लागि माघ २५ गते वीरगंज पुगेको गृह मन्त्रालयको टोलीलाई मेयर सिंहले आफूले बहुविवाह गरेको र नागरिकता दिलाइदिएको युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिएका थिए । तर, उनले छोरी भन्दै रुबिनालाई दिलाएको जन्मदर्ता नै फर्जी र नक्कली भएको सो प्रमाण पत्र जारी गर्ने तत्कालिन पञ्जीकरण अधिकारीले नै बताएका छन् । सिंहले नक्कली कागजातमार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए ।
किर्ते जन्म दर्ताको आधारमा मेयर सिंहले विद्यालयका कागजात, नागरिकता, पासपोर्ट लगायतका कागजात बनाएका छन् । किर्ते छानबिन गर्न वीरगंज पुगेको टोली उतिबेला किर्ते जन्मदर्ता बनाएको विषयमा अनुसन्धान नै नगरी फर्किएका थिए ।
सरकारी कागजात किर्तेको प्रमाण नष्ट गर्न प्रलोभन देखाइएकोबारे सिधाकुराले वीरगंजका मेयर राजेशमान सिंहसँग कुराकानी गरेको थियो । सिधाकुरासँगको कुराकानीमा उनले उक्त आरोपको खण्डन गरे । आफूले त्यस्तो नगरेको भन्दै मेयर सिंहले जो मान्छेको नाम लिइएको छ, उसैसँग यसबारे बुझ्न आग्रह गरे ।
‘यो सबै गलत कुरा हो । तपाइँंलाई जसले यो कुरा गर्यो उसैसँग सोध्नुस्,’ मेयर सिंहले भने,‘म यस्तो विषय फोनमा कुरा गर्दिन भेटेरै कुरा गरौंँ ।’
मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी
वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन
वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी
वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता
जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु
वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा
नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते
कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान !
मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गरेर कारबाही गर्न वीरगंज काँग्रेसको माग
वीरगंजका मेयर राजेशमान सिंहसहित ३ जना विरुद्ध सरकारी कागज किर्तेमा जाहेरी दर्ता