जलवायु परिवर्तनको असरः सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

सिधाकुरा

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन् । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन् । 

स्थानीय महिला पासाङ ल्हामु शेर्पा भन्छिन्, ‘पहिले यहाँ उवा, फापर प्रशस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ । पानीको अभाव, माटोको उर्बराशक्ति घट्दै जानु र चरम मौसमी परिवर्तनका कारण बाली लगाउनै कठिन हुँदै गएको छ । खेती लगाउँदा पनि खासै पहिलाजस्तो उब्जाउ हुँदैन । त्यही भएर हामीले खेती लगाउनै छोड्यौँ ।’ 

सगरमाथा क्षेत्रका स्थानीय बासिन्दा जलवायु परिवर्तनको असरले प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् । विशेषगरी यहाँका महिला तथा बालबालिकाहरू पोषण अभावको समस्याबाट जुधिरहेका छन् । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले खुम्बु क्षेत्रका नागरिक प्रभावित भएका छन् । अझ बढी यस क्षेत्रका महिलाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । पोषणको अभावले गर्भवती महिलाको स्वास्थ्य कमजोर हुने जोखिम रहेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् । 

सन्तुलित आहारको कमीले नवजात शिशुहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने सम्भावना बढेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताइन् । उनका अनुसार स्थानीय उत्पादन घट्दै जानु, मौसम परिवर्तनका कारण पुराना खेतीप्रणाली असफल हुनु र आयातित खाद्य सामग्रीमा निर्भरता बढ्नुले यहाँका महिलाहरू थप समस्यामा परेका छन् । 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले केही समय अघि अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको तीव्रगतिमा हिउँ पग्लिरहेको जनाएको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अन्येत्रभन्दा बढी छ, जसका कारण हिउँ पग्लने गति तीव्र भएको छ । 

हिमाली क्षेत्रमा खेती उब्जाउमा भारी गिरावट आउँदै गएको खुम्बुको छुकुमका तेन्जिङ जाङ्बु शेर्पाको भनाइ छ । उनले भने, ‘मलाई नै थाहा हुँदासम्म पनि यो वरिपरि सबै ठाउँमा लेकाली जातको फापरहरू धेरै खेती हुन्थ्यो तर अहिले हेर्नुस् त सबै जग्गाहरू बाँझै छ, खेती हुनै छोडेपछि किन दुःख मात्रै गर्नु भनेर अब त लगाउन पनि छोडियो, खै थाहा हुनेहरूले यो जलवायु परिवर्तनको असर हो भन्छन्, तर यसलाई हामीलाई धेरै समस्यामा पारेको छ ।’ 

सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहरले पनि असर पुर्याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट, तथा अन्य गैरजैविक फोहरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ ।

सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय फस्टाएसँगै यहाँको वातावरणमा भने प्रतिकूल असर परेको छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार पालिका तथा नेपाल सरकारले जतिसुकै कडाइ गरे पनि आरोहीहरूले केही मात्रामा भए पनि यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन्, जसले वातावरणीय असन्तुलन निम्त्याइरहेको छ । लुक्लाका स्थानीय बासिन्दा तोयाकुमार श्रेष्ठ भन्छन्, ‘सधैँ चाँदीझैँ टल्कने हिमालहरू अहिले काला पहाडमा परिणत भइरहेका छन् । आरोहीले छोडेका फोहर, औद्योगिक धुलो–धुवा र विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्र थप जोखिममा परेको छ ।’ 

बाहिरी आँखाले हेर्दा खैरो हुँदै गएको मात्रै देखिए पनि जलवायु परिवर्तनले हिमाली क्षेत्रका नागरिकको दैनिकीमा नै परिवर्तन ल्याएको छ । समयमा हिमपात नहुँदा जमिनहरू सुक्खा हुँदै गएका छन् भने गर्मी हुने सिजनमा जाडो हुने र चिसो समयमा गर्मी महसुस हुने गरेको स्थानीय अमृत मगरले बताए । खेतीबाली तथा पौष्टिक तत्वको आपूर्तिमा नै असर परेको उनको भनाइ छ । 

जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योग र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । हिमाली क्षेत्रमा पानीको स्रोत सुकेको, हिउँ पग्लदै गएको तथा मौसमी चक्र गडबड भएको स्थानीय बासिन्दाहरू बताउँछन् । 

महिलाहरू खाद्य सङ्कटको शिकार बन्दै गइरहेका छन्, जसले उनीहरूको आर्थिक तथा सामाजिक अवस्था कमजोर बनाइरहेको छ । जलवायु परिवर्तनका असरहरू रोक्न सामूहिक प्रयास आवश्यक रहेको साथसाथै फाउण्डेसनका अध्यक्ष एवं अभियान्ता प्रजिता कार्की बताउँछिन् । ‘हिमाली भेगका महिलाहरूलाई लक्षित गर्दै विशेष स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नुपर्छ । वातावरणीय असन्तुलन न्यूनीकरणका लागि दीर्घकालीन योजनाहरू आवश्यक छ”, कार्की भन्छिन् । 

स्थानीय तहका अधिकारीहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि विशेष योजनाहरू ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । परम्परागत बालीहरू संरक्षण गरी जलवायु परिवर्तन अनुकूल कृषि प्रणाली विकास गर्नुपर्ने विज्ञहरूको तर्क छ ।

उनीहरूका अनुसार जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न दीर्घकालीन रणनीति आवश्यक छ । साना किसानहरूलाई जलवायु अनुकूल खेती प्रणाली सिकाउने, सिँचाइका लागि वैकल्पिक उपायहरू खोज्ने तथा जैविक कृषिलाई प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको कृषि विज्ञ चन्द्रमान श्रेष्ठले बताए ।

‘हिमाली भेगको कृषि उब्जाउ घट्नुको मुख्य कारण नै जलवायु परिवर्तन हो, तर खेती भएन भनेर बारीहरू यतिकै बाँझो छोड्नु झन चिन्ताको विषय हो, अन्य विधिहरू अपनाउन सकिन्छ, अर्को कुरा रैथाने खेती उब्जाउ भएन भने अन्य विकसित प्रजातिहरू पनि लागउन सकिन्छ’, कृषि विज्ञ श्रेष्ठले भने । स्थानीय बासिन्दाहरूले जलवायु परिवर्तन अनुकूलनका लागि विभिन्न उपाय अपनाइरहेका छन् । 

टनेल खेती, जैविक मलको प्रयोग र पारम्परिक ज्ञानमा आधारित कृषि प्रविधिहरू प्रयोग गर्न थालेका छन् । तथापि यी उपायहरू दीर्घकालीन रूपमा पर्याप्त नहुन सक्ने र थप सरकारी तथा गैरसरकारी सहयोग आवश्यक पर्ने विज्ञहरू बताउँछन् । कृषि उत्पादनमा आएको गिरावट, खाद्य असुरक्षा, पोषणको अभाव र जलवायु परिवर्तनको दीर्घकालीन असरका कारण उनीहरूको स्वास्थ्य सङ्कट गहिरिँदै गएको छ । स्थानीय तथा अन्तर्राष्ट्रिय निकायहरूले एकजुट भएर समाधानका उपाय खोज्न आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||