
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किदा राप्रपा सहित राजावादी संगठनहरुले प्रदर्शन गर्ने भएपछि काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुरक्षा स्रोतका अनुसार बिहानै देखि १२ सय भन्दै धेरै सुरक्षाकर्मी खटाइएको छ भने ठुलो सँख्यामा गुप्तचर खटाइएको छ। त्यस बाहेक ठुलो संख्यामा ब्याक्अप टोली राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आजको प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीको काठमाडौँस्थित विभिन्न गण र गुल्मबाट थप मद्दत टोली तैनाथ हुँदैछन् ।
साथै ११ बजेदेखिनै विमानस्थल प्रवेशमा कडाई गरिएको छ । विमानस्थलको गोल्डेनगेटमा टिकट हेरेर यात्रुलाई मात्रै प्रवेश गराउन लागिएको छ । विमानस्थलदेखि निर्मलनिवास सम्मको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
साथै आज दिउँसो तीनकुनेदेखि गौशालासम्मको सवारी आवागमन अस्तव्यस्त रहने देखिएको छ ।