
काठमाडौँ । एक साता लामो गण्डकी बसाईपछि काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । राजावादी दलका नेता कार्यकर्ता र उनका समर्थकले शाहलाई स्वागत गरेका हुन् ।
समिट एअरको चार्टड विमानमार्फत काठमाडौँ आएका उनलाई विमानस्थलबाट गौशाला, चाबाहिल, महाराजगञ्ज हुँदै निर्मल निवास पुर्याउने बताइएको छ । सोहीअनुसार भिड अघि बढेको छ ।








