
काठमाडौं । करीब एक साता लामो गण्डकी बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्कँदै छन्। दिउँसो साढे तीन बजे पोखराबाट काठमाडौँका लागि उडान तोकिएपछि उनको भव्य स्वागत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राजावादी संगठनहरुले जनाएका छन् ।
त्यसका लागि राप्रपाले यस अघि आयोजना गरेको आमसभानै स्थिगित गरेर स्वागतका लागि विमानस्थलमा मास उतार्ने तयारी गरेको छ ।
राप्रपा नेताहरुका अनुसार राजाका स्वागतमा राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गरिने छ ।
पोखराबाट फर्किएका ज्ञानेन्द्रलाई राजाले जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास लैजानेछन्।
गृह मन्त्रालयले राजाको स्वागतमा १० हजार मानिस सडकमा आउने आकलन गरेको छ। राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले १० हजार मान्छेको उत्रार्ने आँकलन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
तर राजतन्त्र पुनस्थापना पक्षधरहरूले भने राजाको स्वागतमा २५ हजार बढी मानिस उपस्थित हुने दाबी गरेका छन् ।
शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।
पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।