
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उनका समर्थकहरुको भिड लागेको छ । पूर्वराजा शाह पोखराबाट काठमाडौँ प्रस्थान गरिसकेका छन् भने उनलाई स्वागत गर्न राजावादी दलका नेतादेखि कार्यकर्तासम्म सडकमा उपस्थित भएका छन् ।

उनलाई स्वागत गर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली तिलगंगा क्षेत्रबाट विमानस्थल तर्फ गएको छ भने व्यवसायी दुर्गा प्रसाईको र्याली तिनकुने हुँदै विमानस्थलतर्फ प्रस्थान गरेको छ ।






