
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । शाह समिट एयरको चार्टड फ्लाइटमार्फत काठमाडौँ आएका हुन् ।
उनलाई समर्थकहरुले घेरेर विमानस्थल गेटबाट अघि बढाएका छन् । समर्थकहरुले राजा आउ देश बचाउको नारा लगाएर उनलाई स्वागत गरेका छन् भने पूर्वराजा शाहले हात हल्लाएर समर्थकलाई सम्बोधन गरेका छन् ।
पूर्वराजा शाहलाई स्वागत गर्नका लागि राजावादी दल राप्रपा र राप्रपा नेपालका अध्यक्षसहित नेताहरु विमानस्थल पुगेका छन् ।
शाहलाई गौशाला, चाबाहिल, महाराजगञ्ज हुँदै निर्मल निवास पुर्याउने बताइएको छ ।