
टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनले चौधरीलाई अध्यक्ष बनाएको हो ।
अध्यक्षका लागि चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । बिहिबारदेखि जारी महाधिवेशनले ३९ जना पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति चयन गर्नेछ ।
अध्यक्ष र पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति महाधिवेशनले चयन गर्ने र दुई सय ५५ जना केन्द्रीय सदस्य मनोनीत गर्ने नागरिक उन्मुक्ति पार्टीका एक नेताले जानकारी दिए ।