काठमाडाैँ : नेपाली क्रिकेट टिमका पूर्वकप्तान साथै क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ ।
यसअघि असोज १ र असोज ७ मा गरी एक महिनामा मात्र उनीविरुद्धको मुद्दाको २ पटक पेशी चढेपनि स्थगित हुँदै आएको छ ।
पछिल्लो समय न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको थियो ।
सर्वोच्च अदालतले गत फागुन १५ मा सन्दीपविरुद्धको मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको ७ महिना पूरा भइसक्दा पनि जिल्ला अदालत काठमाडौँले अनेक कारण देखाउँदै उनीविरुद्धको मुद्दाको फैसला सुनाउन सकेको छैन ।
सन्दीपविरुद्ध एक किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।