काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप भएको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएको ४ दिनसम्म घरबाहिर ननिस्किएपछि आइतबार प्रहरीको टोली गेट नै नाघेर उनको घरमा प्रवेश गरेर उनलाई पक्राउ गरेको हो ।
प्रसाईंलाई भक्तपुरबाट पक्राउ आइतबार उनकै घरबाट पक्राउ गरिएको थियो ।
व्यक्तिको चरत्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन परेपछि उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो । असोज २ गते काठमाडौँ जिल्ला अदालतले उनीसहित केही युट्युबरलाई समेत प्रकाउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर पूर्जी जारी भएको ४ दिनसम्म उनीहरु घरबाट बाहिर ननिस्किएपछि प्रहरी गेट नाघेरै घरभित्र प्रवेश गरेर पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले व्यक्तिगत तवरमा उत्रिएर चरित्रहत्या गर्ने, अनेक आरोप लगाउने र सामाजिक संजालमा हाल्ने गरेको पीडितले दिएको निवेदनमा उल्लेख छ । उनीहरुलाई साइबर ब्यूरो र भक्तपुर प्रहरी टोलीले पक्राउ गरेको हो ।