
२४ भदाै, काठमाडाै - सरकारी निकायसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन्
बिनाकारण आफूहरुले मानसिक तनाव भोग्नुपरेको भन्दै उनीहरुले भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी गराईआइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।
त्यस्तै उनीहरुले आगामी भदौ २५ र २६ गते कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने घोषणा समेत गरेका छन् ।
गत साउन २ गते विमानस्थलबाट ६० किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भएपनि आफूहरुले असल नियतले प्रशासनिक कार्य सम्पादन गरेको दाबी गर्दै उनीहरुले आफूहरुले विभिन्न निकायबाट मानसिक यातना भोग्नुपरेको उनीहरुको भनाई छ ।
त्यतिमात्र नभएर भदौ २७ गतेसम्म आफ्ना मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यसमेत प्रभावित हुन सक्ने चेतावनी उनीहरुको चेतावनी छ ।
त्यस्तै काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा माग गरेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले पुनः विभिन्न ५ बुँदे माग राख्दै संघर्ष सुरू गरेका हुन् ।
यस्तो छ मागपत्र :