पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा सबै पक्षको बहस सकिएको छ । बिहिबार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि यस प्रकरणको थुनछेक बहस सकिएको हो ।
बिहिबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिल कार्यालयका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौली जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।
जवाफी बहस सकिएसँगै न्यायाधीशको इजलासमा सबै प्रतिवादीलाई आफ्नो कुरा राख्नलाई समय दिइएको छ ।
अब न्यायाधीशहरुबिच छलफलपश्चात आदेश आउने छ । यद्यपी आदेश आजै आउँछ कि भोली भन्ने एकिन छैन । समयमै बहस सकिएका कारण आजै आदेश आउनसक्ने प्रचुर सम्भावना छ ।
रविको थुनछेक बहसको आदेश अघि पोखरामा के भइरहेको छ ? (भिडियाे)