पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले जिल्ला प्रहरी परिसर कास्कीको न्यायिक हिरासतमा छन् । सहकारी ठगीको आरोपमा ८२ दिन देखि प्रहरी हिरासतमा रहेका उनलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।
त्यसयताको झण्डै तीन महिना उनलाई जालसाजीपूर्ण तरिकाबाट ५ जिल्लाका अदालत र प्रहरी कार्यालय पु¥याइएको छ भने कार्यविधि र कानुनी प्रक्रिया मिचेर मुद्दा दायर गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
सहकारी सञ्चालकले कृत्रिम ऋणी खडा गरेर रकम ल्याएको कम्पनीमा काम गरेको आरोपमा मुद्दा र राज्यको प्रतिशोध खेपिरहेका लामिछानेलाई थुनामा राख्ने वा थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने आदेश बुधबार कास्की जिल्ला अदालतले गर्नेछ ।
त्यस अघि कास्की जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । रवि रिहाइ हुने आशमा उनका समर्थक पोखरमा जम्मा हुन थालेका छन् । रविको थुनछेक आदेशको अघिल्लो दिन पोखरको अवस्था कस्तो छ । सिधाकुराकर्मी विष्णु ढुंगानाले तयार गरेको भिडियो रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ।