काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले बिहान आठ बजेका लागि हिजो साँझ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।
बैठक राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकमा गठबन्धनको धारणा र सरकारका कामकारबाहीको समीक्षामा केन्द्रित हुने नेताहरूले बताएका छन् ।