काठमाडाैँ : भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश दण्डपाणि शर्माको ६ नम्बर इजलासमा परेकाे छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पूर्वसभामूख कृष्ण बहादुर महराका छोरा राहुल महरा लगायत अन्य ३ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियाे ।
भेपमा लुकाई सुन तस्करी गरेको प्रकरणमा केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार राहुल महरासहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।
त्यस्तै सरकारी वकिलको कार्यालयले बेल्जियन नागरिक दाओजिन वाङविरुद्ध समेत मुद्दा गरेको छ । उनीविरुद्ध आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएको हो ।
सीआईबीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी गरेको थियो । त्यस्तै उनीहरुविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन सीआईबीले राय दिएको थियो ।
२०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो ।
भेपमा भएको सुन तस्करी अभियोगमा पूर्वसभामुख महराका छोरासहित ३ जनालाई मुद्दा चलाउन सीआईबीको राय
भेपमा लुकाएर गरिएकाे ९ केजी सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासँग सीआईबीको सोधपुछ