काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेले दरबारमार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
सरकारको काम कारबाहीबारे जनतालाई जानकारी दिन भन्दै दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट एमालेले र्याली निकाल्दैछ। त्यसैका लागि भन्दै प्रहरीले दरबारमार्ग क्षेत्रको वरपरका सबै सडकमा सवारी साधन चलाउन रोक लगाएको छ।
जसका कारण काठमाडौँको न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार लगायत क्षेत्रमा अत्याधिक जाम छ। जामका कारण बिरामी बोकेको एम्बुलेन्स समेत गन्तव्यमा पुग्न सकेको छैन्।
सरकारको नेतृत्व गरिरहेको एमाले आफै सडकमा ओर्लिएको र जनतालाई सास्ती थोपरेको भन्दै सडकमा दुःख पाएका नागरिकहरू आक्रोशित भएका छन् । सरकारलाई रिझाउन आन्दोलन सुरु हुनु अगावै प्रहरीले सडक डाइभर्सन गरे पछि अहिले सडकको अवस्था भद्रगोल बनेको छ ।
एमाले बागमति प्रदेश कमिटिले आयोजना गरेको जागरण सभालाई दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।