नेभिगेशन
सबै कुरा

भेपमा भएको सुन तस्करी अभियोगमा पूर्वसभामुख महराका छोरासहित ३ जनालाई मुद्दा चलाउन सीआईबीको राय

काठमाडाैँ : विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा सहित ३ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

सीआईबीले पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन राय सहितको प्रतिवेदन बुझाएको हो ।

Dish Home
Global Ime Bank

प्रतिवादीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन सीआईबीको राय छ  । 

२०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो ।

दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन यसअघि नै सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । 

तर सीआईबीको अनुसन्धानले सुन आयातकर्ता मध्ये कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरा भएको देखाएपनि असोज १६ अघि उनीहरुसँग सामान्य सोधपुछ समेत गरेको थिएन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मितेरी बचत ठगीः कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीले दुईओटा नागरिकता र पासपोर्ट लिएको खुल्यो

मितेरी बचत ठगीः कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीले दुईओटा नागरिकता र पासपोर्ट लिएको खुल्यो

प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ ।
त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

प्रारम्भिक अनुसन्धान अनुसार उक्त सुन अवैध रुपमा नेपाल भित्र्याउने उद्देश्यले ल्याइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। खेमानीमाथि थप अनुसन्धान भइरहेको छ र बरामद सुन आवश्यक प्रक्रिया पूरा गरी...
उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरीकाे शव फेला, घटना रहस्मय !

उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरीकाे शव फेला, घटना रहस्मय !

बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टर) बबिन राईका अनुसार बुधबार बिहान अमलचौरी गाउँको बाटोमा मन्जुको शव लडिरहेको अवस्थामा भेटिएको थियो। त्यसको झण्डै दुईसय मिटर टाढा रविनको शव रुखमा झुण्डिएको अवस्थामा...
२ हजार १ सय किलो गाँजासहित ३ पक्राउ

२ हजार १ सय किलो गाँजासहित ३ पक्राउ

आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना‍ ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा...