आज काठमाडौंको तीन फरक फरक ठाउँमा फरक उद्देश्यका साथ प्रदर्शन हुँदैछ । विभिन्न पक्षले शुक्रबार एकसाथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसअनुसार सुरक्षाको योजना पनि बनाएको छ।
सत्तारुढ दल नेकपा एमाले आज दरबारमार्ग क्षेत्रमा जागरण सभा गर्दै छ । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गर्दैछ । सो क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। यो पूर्व निर्धारित कार्यक्रम हो ।
यस्तै, माइतीघरमा सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्दैछन् । सबै प्रदर्शन र त्यसको ¥याली बिहान ११ बजेपछि सुरु हुने आन्दोलनकर्ता जनाएका छन् ।
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन सुरक्षा योजना बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । प्रदर्शन हुने क्षेत्रहरूमा सवारी जाम बढ्ने भन्दै सावधानी अपनाउन पनि प्रशासनले भनेको छ ।