नेभिगेशन
सबै कुरा

भेपमा लुकाएर गरिएकाे ९ केजी सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासँग सीआईबीको सोधपुछ

१६ असाेज, काठमाडाैँ : विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

महाराजगञ्जस्थित केन्द्रिय कार्यालयमा बोलाएर सीआईबीले महरासँग ९ किलो भेप प्रकरणमा सोधपुछ गरेको हो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो ।

City Express

दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । 

तर सीआईबीको अनुसन्धानले सुन आयातकर्ता मध्ये कृष्ण बहादुर महरा र उनका छोरा राहुल महरा भएको देखाएपनि उनीहरुसँग सामान्य सोधपुछ समेत गरेको थिएन् ।

तस्करी गरेर ल्याउँदै गरेको सुन विमानस्थल भन्सार बाट चोरेर ९ करोडमा विक्री गर्ने ६ जना भने कारागार चलान भएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...
बारामा वडाध्यक्ष सहित ८ जनाले शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाएर कुटे

बारामा वडाध्यक्ष सहित ८ जनाले शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाएर कुटे

मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ भने नेकपा माओवादी केन्द्रबात निर्वाचित कुशवाहालाई ६ महिनाको लागी पार्टीले  निलम्बन गरेको छ।
कांग्रेसकी समानुपातिक सांसद बनिन् राज्य व्यवस्था समिति सभापति

कांग्रेसकी समानुपातिक सांसद बनिन् राज्य व्यवस्था समिति सभापति

न्यौपानेको प्रस्तावकमा राज्य व्यवस्था समितिबाट राजिनामा दिएका कांग्रेस सांसद रामहरी खतिवडा छन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् । औपचारिकरुपमा भने भोलि दिउँसो ३ बजे बस्ने बैठकले...

भर्खरै