४ असोज डडेल्धुरा । डडेल्धुरामा एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन् भने १८ वर्षीय किशोर भने फरार छन् ।
प्रहरीका अनुसार कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो नानिगाड खोलामा करणी गरेका थिए । त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगेर जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।