
काठमाडौं— बाँकेका प्रमुखका जिल्ला अधिकारी गृह मन्त्रालय तानिएसँगै जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरलाई पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
एसपीका राठोरका ठाँउमा एसपी सुवासचन्द्र बोहरालाई पठाएको छ । नेपालगञ्जमा भएको धार्मिक तनावमा प्रमुख जिल्ला अधिकार र प्रहरी प्रमुखको भूमिका कमजोर भएको भन्दै सुरक्षा परिषद्को बैठकमा आलोचना भएको थियो ।
नेपालगञ्ज घटनामा सिडिओ र एसपीको कमजोरी देखियो : सुरक्षा परिषद्
बाँकेसँगै सर्लाहीका प्रहरी प्रमुख पनि फेरिएका छन् । सर्लाहीका एसपी नरेशराज सुवेदीको ठाँउमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।