चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउन अदालतले आदेश दिएको छ । साहारा सहकारी प्रकरणमा बुधबार कार्यालय समयमै अदालत पुगेका लामिछानेको बयान सकिएपनि उनीविरुद्धको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाउन चितवन जिल्ला अदालतले आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनीविरुद्धको मुद्धालाई हेर्दाहेर्दैमा राखेर लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।
बुधबार लामिछानेको बयानपछि भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट ३ जना र जोहरीकर्ताका तर्फबाट १ जनाले बहस गरेका छन् ।
बिहिबार जोहरीकर्ता र प्रतिवादीका तर्फबाट बहस हुने छ । लामिछानेका तर्फबाट बहसको लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा नारायणदत्त कँडेल, चुडामणी सापकोटाले वकालतनामा हालेका छन् ।