काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल विधेयकप्रति असहमति जनाउँदै 'मलाई बोल्न दे, सरकार, अपराध हैन' भन्ने आफ्नो पुरानो गीतको भिडिओ शेयर गरेका छन् ।
हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्दै नियन्त्रण केन्द्रित रहेको भन्दै आलोचना भइरहेको छ ।
साेही क्रममा बिना टिप्पणी भिडियाे शेयर गरेका बालेनको गीतमा 'मलाई बोल्न दे, सरकार, अपराध हैन ,कानुन पो लाग्छ कि ? आवाज उठाउँदैमा'' भन्ने पङ्ति छ, जुन अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको छ ।
बालेनले शेयर गरेको गीतको अंश यस्तो छ:
बलिदानको गीतामा मेरो शब्दको सलामी
गाउँ-गाउँ बाट उठ युवा कलम थामी
सोर्है आना सही कुरा, सुन सोची साराले
भुमरीमा भौतारी भविष्य अभिभाराले
के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले
के भन्न पो बाँकी छ, बुद्ध नै साँची छ
कोपिला मास्दा के फुल्छ त्यो डालीमा?
आँसु र रगत लुकेको छ लालीमा
हाँसोमा बारुदको गन्ध, सधैँको द्वन्द्व
कहाँ खोजौँ शान्तिको सन्देश, कवितालाई छन्द
पवित्र छ मन त, धेरै छ नि भन्न
कुरा सुख-दुखको, मुखै भो बन्द