साँढे २ रोपनी सरकारी जग्गा हडपेर डा. भेषबहादुर थापाले बनाएको भेरी बास बङ्गला

नवीन ढुंगाना , युवराज कँडेल

काठमाडाैँ । ‘परराष्ट्रविद्, पूर्व मन्त्री एवम् गभर्नर डा. भेषबहादुर थापाले त सरकारी जग्गा मिचेर बंगला बनाएका रहेछन् नि ? तपाईंलाई थाहा छ ?’ 

काठमाडौँ महानगरपालिका–१० का वडा अध्यक्षलाई यो प्रश्न गर्दा उनले हतारमा भने, ‘होइन, हुँदै होइन । उहाँ यहाँ (बानेश्वर हाइटमा) बस्न थालेको ५० वर्ष बढी भयो । हामी जन्मिएदेखि उहाँको घर देखिरहेका छौँ । उहाँको घर सरकारी जग्गामा पर्दैन,’ बडो हतार र निर्धक्क भएर वडा अध्यक्ष रामकुमार केसीले सिधाकुरासँग संवाद गरे ।   

‘तपाईं उहाँको घर,  उहाँको व्यक्तित्व र जमिनबारे जानकार हुनुहुन्छ ?’ हामीले वडा अध्यक्ष केसीलाई दोस्रो प्रश्न गर्यौँ । 

केसीले फेरि निर्धक्क जवाफ दिए, ‘उहाँ त हाम्रो वार्डको राम्रोका लागि काम गर्नुहुन्छ । उहाँहरु यहाँ आउँदा स्याल कराउने जङ्गल थियो अरे,’ वडा अध्यक्ष केसीले थपे, ‘व्यर्थै यहाँ बसेछु भन्दै हुनुहुन्थ्यो । उहाँ जत्तिको बुझेको मान्छेले सरकारी जग्गा मिच्ने कुरै भएन ।’

वडा अध्यक्ष केसी मात्रै होइन सिधाकुराले सोधेका कयौँ मानिसहरूले डा.भेषबहादुर थापाले नै सरकारी जग्गा हडपे र त्यसमा आफ्नो निजी बङ्गला बनाए भन्दा धेरैले त्यो हुनै नसक्ने तर्क गरे । 

राजा महेन्द्रको शासनकालदेखि पञ्चायतमा रजगज हुँदै बहुदलमा समेत नेपालको सत्ता र शक्तिको वरिपरि घुमेका डा.थापा लोकतान्त्रिक गणतन्त्रमा पनि धेरैको आदर्श र प्रेरणाका पात्र झैँ लाग्छन् । यस बीचमा कयौँ उत्कृष्ट अवसरहरूको स्वाद पनि उनले लिए । 

कर्णेल कटकबहादुर थापाका नाती, जर्नेल नुरबहादुर थापाका छोरा, अमेरिकाबाट उच्च शिक्षा, २३ वर्षको उमेरमै राजाबाट नियुक्त नेपाल सरकारको राज पत्राङ्कित विशिष्ट श्रेणी सचिव । यत्ति मात्रै होइन, नेपाल राष्ट्र बैंकका चौथो गभर्नर, योजना आयोगका सदस्य सचिव, परराष्ट्रमन्त्री, भारत र अमेरिकाका लागि पूर्व राजदूत र अहिले नाम कहलिएका लेखक, परराष्ट्रविद् । यी सबै विशेषणले पनि उनलाई बानेश्वर हाइटको जग्गा कब्जा गर्ने मानिसको दर्जा दिन सुहाउँदैन ।

तर, सिधाकुरालाई प्राप्त प्रमाणले डा‍. थापाले बानेश्वर हाइटको २ रोपनी १३ आना सरकारी जग्गा किर्ते गरेर आफ्नो नाममा ल्याएर, २ हजार ४४०.१९ वर्ग मिटर क्षेत्रफलमा आफू र श्रीमतीको नाममा भेरी (भेष +रिता) निवास बङ्गला बनाएका छन् । 

सरकारी नक्सामा डा. भेषबहादुर थापाकाे नाममा लालपुर्जा रहेकाे जग्गा

मैतिदेवीबाट पुरानो बानेश्वर जान सेतो पुल तर्ने बितिक्कै दायाँतर्फ लाग्ने उकालो बाटो छ । टंकप्रसाद आचार्य मार्गको ५ सय मिटर उक्लिएपछि दायाँतर्फ अग्लो पर्खालले घेरिएको भेरी बास पुगिन्छ । त्यही भेरी बास बङ्गलाले चर्चेको कुल क्षेत्रफल ३ रोपनी १३ आना २ दाम मध्ये २ रोपनी १३ आना २ दाम सरकारी स्वामित्वको धोबीखोला किनाराको जग्गा हडपेर बनेको छ ।

कसरी हडपे थापाले सरकारी जग्गा ?

राजा र दरबारको वरिपरी बस्नु भनेको पञ्चायतकालमा सरकारी सम्पत्तिमाथिको रजगजका लागि लाइसेन्स पाए जत्तिकै थियो । नेपाली सेनाको उच्च पदको थापा परिवार राजाका कति नजिकको विश्वास पात्र थिए भन्ने जान्नका लागि भेषबहादुरलाई तत्कालीन राजपरिवारले गरेको विश्वासले नै प्रष्ट भइन्छ । हजुरबुबा सेनाको कर्णेल, बुबा सेनाका जर्नेल र आफू स्वयम् राजा महेन्द्रदेखि वीरेन्द्रसम्मका विश्वास पात्र ।

यत्ति भएपछि उनलाई बानेश्वर हाइटमा सरकारी जग्गा प्रयोग गर्न यसै थप लाइसेन्स चाहिएन । झन् २०४७ सालको राजनीतिक परिवर्तन पछि बहुदलमा सरकारी जमिन  माथिको अतिक्रमण त दलहरूको संरक्षणमा ह्वात्तै बढ्यो । यही क्रममा धोबीखोला करिडोरमा सुकुम्बासी र रैथानेहरूले सयौँ रोपनी जग्गामा भोग चलन सुरु गरे । जिल्ला मालपोत कार्यालय काठमाडौँका  अनुसार  भेषबहादुर थापाकै नाममा एक रोपनी २ आना जग्गा पहिल्यै थियो । सरकारी जग्गा आफ्नो नाममा ल्याउन होडबाजी चलिरहेको त्यही मौकामा थापाले २ रोपनी ११ आना २ पैसा क्षेत्रफल आफ्नो नाममा पारे । 


सरकारले पूर्वसचिव रामबहादुर रावलकाे अध्यक्षतामा गठन गरेकाे सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवम् संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसार वि.सं. २०४९ देखि २०५२ सालसम्म गरिएको अध्ययनमा धोबीखोला क्षेत्रको ८४ कित्ताको ५१२ रोपनी २ आना २ पैसा जग्गा ६१० जना व्यक्तिहरूले हडपेको खुलेको थियो । जसमध्ये १८४  रोपनी २ आना १ दाम ३ पैसा सरकारी जग्गामा सुकुम्बासीहरुले घर समेत बनाएका छन् । त्यही अतिक्रमण भएको जमिनमध्येको पर्ति जग्गा र धोबीखोलाको गरी २ कित्ता डा। भेषबहादुर थापाले आफ्नो नाममा ल्याएको जिल्ला मालपोत कार्यालयको विवरणमा खुल्छ ।

‘सरकारी नापीमा निजी जग्गामा २ कित्ता सरकारी जमिन घुसाएको र भोगचलन मात्रै गरेको २०५२ सालमा खुलेको थियो,’ भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय उच्च स्रोत भन्छ, ‘तर, २०५५ सालमा थापाले सो सरकारी जग्गा आफ्नो नाममा सारेर लालपुर्जा बनाएको देखियो ।’   

२०५५ सालमा थापाको नाममा लालपूर्जा 

तत्कालीन काठमाडौँ नगरपालिका र धोबीखोला किनारा क्षेत्रमा भएको जग्गा अतिक्रमणबारे २०४९ सालबाट उच्चस्तरीय आयोगले काम थालेको थियो । जसअन्तर्गत वडा नम्बर १० को बानेश्वर क्षेत्रमा रहेको कित्ता नं।६५ मा खोलाको जमिन १ रोपनी ११ आना १ पैसा र कित्ता नं ८ मा पर्ती जग्गा १३ आना १ पैसा जग्गा डा। थापाले आफ्नो निजी जग्गामा घुसाएका थिए । 

आयोगका नापी सहायक यमनारायण चौधरीले नापजाँच गर्दा थापाले चर्चेको सरकारी जमिन व्यक्तिको नाममा दर्ता भने भएको थिएन ।

‘थापाको परिवारले अतिक्रमण गरेको जग्गा हाल दर्ता बाँकी रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको थियो । तर, प्रतिवेदन पेश भएको तीन वर्षपछि पहिलो पटक थापाले २०५५ साल असार १ गते कित्ता नं ८ को १३ आना १ पैसा  रैकर जग्गा निजीका रुपमा हालसाबिक गरेर आफ्नो नाममा ल्याएका थिए । 

त्यस्तै, २०५५ चैत २९ गते जिल्ला मालपोत कार्यालय काठमाडौँबाट कित्ता नं ६५ को १ रोपनी ११ आना १ पैसा जग्गा निजी रैकरका रुपमा हालसाबिक गरेका थिए । त्यसपछि कित्ता नं ६५ को कुल जग्गा क्षेत्रफल ३ रोपनी १३ आना २ पैसा पुर्याइएको थियो । 

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौँकाे विवरणअनुसार सो जग्गा शहरी 'ग' वर्गको घर जग्गा र रैकर निजीको रुपमा डा‍. भेषबहादुर थापाको एकल नाममा दर्ता कायम छ । सरकारीबाट सारिएको जग्गा डा. थापाकै नामबाट आएको नयाँ स्रेस्ता कायम गरिएको छ ।    

चलन चल्तीमा झण्डै ५० करोडको जग्गा हडपियो

बानेश्वर हाइट क्षेत्रमा थापाले हडपेको सरकारी जग्गाको अहिलेको चलन चल्तीको मूल्य भन्डै ५० करोड रुपैयाँ बराबर पर्छ । हालको काठमाडौँ महानगरपालिका वडा न. १० मा पर्ने सो जग्गाको मूल्य प्रतिआना करिब १ करोड रुपैयाँ भन्दा बढी पर्छ । 

सरकारले कायम गर्ने थैली अनुसार २०८१ मा यहाँको जग्गाको प्रति आना मूल्य ३९ लाख ६० हजार रुपैयाँ कायम गरिएको छ । सरकारी दररेटमै पनि थापाले करिब १८ करोड मूल्य बराबरको सरकारी जग्गा हत्याएका छन् ।

थापाले मात्रै होइन, अन्य व्यक्ति तथा संघ संस्थाले समेत काठमाडौँ महानगरपालिका वडा न १० मा १ सय ८४ रोपनी २ आना १ दाम ३ पैसा क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा घुसाएको तथा अतिक्रमण गरेका छन् । 


धोबीखोला, धोबीखोलाको बगर, बाँडगंगाको पानी बग्ने कुलो, थापाटोल महादेव मन्दिर नजिकको पर्ती जग्गा, शंखमूल क्षेत्रको बागमती नदि किनार क्षेत्र ५४ कित्ता सार्वजनिक तथा सरकारी जग्गामा व्यक्तिले रजाँइ गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आयोगको प्रतिवेदनअनुसार साविकको बानेश्वर महादेवस्थान गाविस हालको कामपा १० मा सरकारी तथा सार्वजनिक जग्गा छानबिन कार्यको सिलसिलामा पुरानो बानेश्वर चोकदेखि पश्चिम धोबीखोला देखि पूर्व बानेश्वर हाइट, नयाँ बानेश्वर देखि शङ्खमूलको पुलसम्मको क्षेत्रमा रहेको सरकारी तथा सार्वजनिक जग्गा, बाटो, खोला, नदी, पर्ती कुलो आदीको क्षेत्रगत निरीक्षण गर्दा साविकका ८४ कित्ताको ५१२ रोपनी २ आना २ पैसा जग्गामध्ये हाल ६१० जना व्यक्ति तथा सुकुमबासीहरुले १८४  रोपनी २ आना १ दाम ३ पैसा जग्गा भोगचलन गरि घर समेत बनाएका छन् । प्रतिवेदनका अनुसार ३२ वटा कित्ताको ३१ रोपनी ११ आना २ दाम १ पैसा पर्ती जग्गा अतिक्रमण भएको छ । 

यो क्षेत्रमा मन्दिर र चिहानको जमिनको समेत निजी लालपूर्जा बनाइएको छ । मन्दिर र चिहानको नाममा रहेका ७ वटा कित्ताको २ रोपनी ५ आना ३ दाम जग्गा, स्कुल र पार्टीको ४ वटा कित्ताको ५ रोपनी ५ आना १ दाम ३ पैसा जग्गा अतिक्रमणमा परेका छन् । 

के भन्छन् थापा ?

सरकारी जग्गा निजीकरण गरेर घर बनाएर भोगचलन गरेको कुरा भेष बहादुर थापा भने अस्वीकार गर्छन् । उनले सो जग्गा आफूले आदित्य शमशेर  राणासँग किनेको दाबी गरे । आफूहरूले किनेर भोगचलन गरिरहेको सो जग्गा सरकारी नभएको दाबी उनको छ। ‘हामीले २०२० र २२ सालतिर सो जग्गा किनेको हो । दुवैतिर बाटोले खायो । हामीलाई मुआब्जा पनि दिएनन्,’ थापाले भने ‘यो सरकारी जग्गा होइन । हाम्रो नाममा लालपुर्जा छ ।’ थापाले करिब ३० वर्ष अघि सो जग्गा हालसाबिक गरेको बताए ।

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||