काठमाडाैँ : दोलखामा ४ दिनको अन्तरालमा भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चिनियाँ नागरिक तासी दावा भनिने ६६ वर्षका आगर लामालाई पक्राउ गरेको छ ।
चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका–१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासीलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो ।
पक्राउ परेका तासी सुन तस्करीका मुख्य नाइके रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दोलखामा भएको ११ किलो सुन प्रकरण हालसम्म ११ जना पक्राउ परेका छन्।
दोलखाको बिगु गाउँपालिकाबाट असोज ११ गते प्रहरीले चार किलो अवैध सुनसहित पाँच जनालाई पक्राउ गरेको थियो ।
त्यसको भोलिपल्ट अर्थात असोज ११ गते प्रहरी सोही स्थानबाट थप तीन किलो सुन बरामद गरेको थियो ।
त्यस्तै असोज १४ गते बिगु गाउँपालिकास्थित लामबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको थियो ।