१४ असाेज, दाेलखा : दोलखाको बिगु गाउँपालिकामा पुनः ४ किलो अवैध सुन बरामद भएको छ । जिल्लाको बिगु गाउँपालिका–१, लामबगरबाट उक्त सुन बरामद गरिएको हो ।
प्रहरीले केही दिनअघि अघिमात्र सोही गाउँपालिकाबाट २ चरण गरेर ७ किलो सुन बरामद गरेको थियो । सोही प्रकरणको अनुसन्धान गर्ने क्रममा आइतबार थप ४ किलो सुन बरामद भएको हो । योसँगै पछिल्लो समय दोलखाबाटमात्र ११ किलो अवैध सुन बरामद भइसकेको छ ।
गत असाेज ११ गते प्रहरीले दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट चार किलो अवैध सुनसहित पाँच जनालाई पक्राउ गरेको थियाे भने त्यसकै भाेलिपल्ट अर्थात १२ गते साेही स्थानबाट प्रहरीले थप तीन केजी सुन बरामद गरेकाे थियाे ।
प्रहरीले सुन तस्करी गरेको आरोपमा दाेलखाबाट हालसम्म ६ जना पक्राउ गरिसकेको छ ।