११ असाेज, दाेलखा : दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट चार किलो अवैध सुनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार गएराति दोलखाको विगु गाउँपालिकाबाट सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
त्यस्तै बिहिबार दिउँसो पत्रकार सम्मेलन गरेर यस विषयमा थप जानकारी गराउने जिल्ला प्रहरी कार्यालय दोलखाको तयारी छ।
उनीहरुले लप्ची नाकाको लामाबगर हुँदै सुन भित्र्याएको अनुमान गरिएको छ। एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सिंगटीमा राखिएको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।