नेभिगेशन
सबै कुरा

बिहिबार ४ केजी अवैध सुन भेटिएको दोलखामा शुक्रबार पुनः ३ केजी भेटियो

१२ असाेज, दाेलखा : बिहिबार दोलखाबाट चार किलो अवैध सुनसहित प्रहरीले  पाँच जनालाई  पक्राउ  गरेको स्थानमा शुक्रबार पुनः अवैध सुन फेला परेको छ ।

४ किलो अवैध सुनसहित दोलखाबाट ५ जना पक्राउ

Global Ime Bank

दोलखाको विगु गाउँपालिका–३ जामुने भन्ने स्थानमा थप तीन केजी सुन फेला परेपछि जिल्ला प्रहरी कार्यालय दोलखाको टोली त्यसतर्फ जाँदैछ। 

बिहिबार पक्राउ परेका ५ जनाको बयानका आधारमा उक्त स्थानमा पुग्दा थप तीन केजी सुन फेला परेको हो । 

बिहिबार जामुनेकी स्थानीय सीता तामाङको घरमा भाडामा बस्ने केशर तामाङले सुन तस्करी गरेको र ल्याएर लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले सुनसहित पाँच जनालाई पक्राउ गरेको थियो । 

उनीहरुले लप्ची नाकाको लामाबगर हुँदै सुन भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।