
१२ भदौ, काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन् ।
अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ ।
उनी १५ गते फर्कनेछन् । मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी बुधबारदेखि कार्यान्वयनमा जाँदैछ ।