उदयपुर । उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा वडा अध्यक्षहरुले लगाएको ताला खोलिएको छ। स्थानीयले जनतालाई सेवा पाउन वञ्चित गर्न नहुने भन्दै तालाबन्दी खोलिएको स्थानिय बालकृष्ण थापाले बताए।
नगरको विषयमा चित्त नबुझे छलफल गर्नु पर्ने , नगरलाई जानकारी नदिई विज्ञप्ति समेत ननिकाली तालाबन्दी गर्नु आपत्तीजकन भएको भन्दै जनताको काम रोक्न नहुने भन्दै स्थानियले ताला खोलेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।
नगरपालिकाको काम ढिला सुस्ती भएको, जनताले दुःख पाएको ,भुक्तानीमा समस्या भएको ,योजना सम्झौतामा रोकेको भन्दै सोमबार नगरपालिकाका ९ जना वडा अध्यक्षले कार्याmयमा तालाबन्दी तालाबन्दी गरेका थिए ।