जिल्ला अदालत, काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामा साथै अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरको मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।
जिल्ला अदालत, काठमाडौँले सोमवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको हो ।
२०७६ साल असोज ९ मा दायर भएको मुद्दामा उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।