काठमाडौं । मुकुल ढकालका विषयमा निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ ।
बिहान ८ बजेबाट सुरु भएको बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषय टुंगोमा पु¥याउने तयारी रहेको एक नेताले बताए ।
रास्वपाले ढकाललाई यस अघिनै पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएको थियो ।
साथै आजको बैठकमा असोजमा काठमाडौँमा हुने राष्ट्रिय भेलाको तयारी, छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायतमा पनि छलफल भैरहेको रास्वपा सचिवालयले जनाएको छ ।