
काठमाडौँ । बुधबार काठमाडौँमा सहकारी पीडितहरुले आन्दोलन गरेका थिए । चाबहिल, सोह्रखुट्टे, कालिमाटी, गठ्ठाघर तथा पुल्चोकमा जम्मा भई पीडितहरु माइतिघर पुगेका थिए । तर सहकारी ठग र राजनीतिको चेपुवामा परेर ठगिएका बचतकर्ताहरुमाथि माइतिघरमा प्रहरीले पनि उस्तै व्यवहार देखायो ।
माइतिघरमा प्रहरीले सहकारी पीडितमाथि गरेको दमनले सोच्न बाध्य बनाउँछ कि, ‘एउटा निहत्था नागरिकमाथि प्रहरी प्रशासन यति निर्दयी क्रुर बन्न सक्छ ?’
माइतिघरमा सहकारी पीडितले प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी र सहकारी पीडितबिच झडप हुन्छ । प्रहरीको लाठीले एक जनाको टाउको फुट्छ ।

टाउको फुटेर रगतपक्ष भएका भएका पीडितलाई अस्पताल लैजान प्रहरीले कुनै पहलकदमी गर्दैन । टाउको फु्टेर घाइते भएका व्यक्तिलाई प्रहरीको पञ्जाबाट बचाउन जान्छन् सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसी ।
केसीले घाइते भएका व्यक्तिलाई अंगालो हालेर प्रहरीबाट जोगाउन खोज्छन् । तर त्यहाँ नजिक भएका सबै प्रहरी केसीविरुद्ध नै जाइलाग्छन् । केसीमाथि झम्टिएका प्रहरीहरुले उनलाई त्यहाँबाट घिसारेर केही पर लैजान्छन् । त्यसपछि २०/२५ जना प्रहरीले घेरा हाल्छन् र उनलाई बिचमा पार्छन । त्यसपछि ति २०/२५ जना प्रहरीले केसीमाथि एकैचोटी लाठी बर्साउँछन् ।
कोहीले लाठी बजार्छन् । केहीले बुट बर्जाछन् । कोहीले लछार्छन् । प्रहरीले आफ्नो आफूले प्रयोग गर्नसक्नेजति सबै बल तिनै केसीमाथि खन्याउँछ । केसी प्रहरीको घेराबाट निस्कने प्रयास गर्छन् तैपनि उनको केही चल्दैन ।

प्रहरीको हुलले एक्ला र निहत्था केसीमाथि यति निर्मम प्रहार गर्छन् त्यो देख्दा जो कोहीको पनि रगत उम्लिन सक्छ ।
प्रहरीको अत्याचारको शिकार भएका केसी अहिले ट्रमा सेन्टरमा उपचाररत छन् । उनलाई ट्रमा सेन्टरकाे रेड जाेनमा राखिएकाे छ । प्रहरीको निर्मम कुटाइबाट बेहोस भएका केसी पूर्ण रुपमा होसमा आइनसेकेको अस्पतालमै रहेका उनका साथी सुरेश जिसीले जानकारी दिए । ‘उहाँ अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होस आएको छ तर पूर्ण होसमा हुनुहुन्न ।’ साथी सुरेश जिसीका अनुसार केसीको अण्डकोषमा गम्भिर चोट लागेको छ । शरीरभरी प्रहरीले बर्साएको लाठी र बुटको डाम छ । प्रहरीको कुटाईको असर भित्रिी अंगमा समेत परेको हुनसक्ने अनुमान गरिएको छ ।
-
Hari Sharma 3 months agoनिकै दु:खद घटना 😥 यसले घटनाले पनि थाहा हुन्छ्की देश पैसा, पावर र भ्रष्टाचारि ले हातमा छ प्रहरी प्रशासन सबै उनीहरुले चलाको छ । हामी जस्ता सोझा साझा जनता अझै तिनै नेताको पछि लागेर एकले अर्का लाई गाली रहेका छ्म । मेरो बिचार मा जो वक्ती मा स्वार्थ लुकेको छ त्यो सधै तेहि तिनै पार्टीको गुणगान गाउछ तर जसलाई देशको माया छ तिनिहरु एकजुट आबस्यक भै सक्यो।
-
सुरेस उपाध्य 3 months agoसाना लाई ऐन ठुला लाई चैन । पोखरा मा पानी को फोहरा र अश्रु ग्यास प्रयोग गरेको प्रहरीले येहा लाठी र बुट बजार्नु एक निन्दनीय उदाहरण हो ।
-
🔍 You have 1 email # 978. Open > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=686270e0451e90e7e4816c5e23fd98bc& 🔍 3 months agoi30f3n