काठमाडौँ । मिटरब्याज पीडितसँग भएको सहमतिबारे जानकारी दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आफैँ भृकुटीमण्डप पुगेका छन् । पीडितहरुको अस्थायी आश्रय लिइरहेको भृकुटीमण्डप पुगेर सहमतिको जानकारी दिँदै उनले सरकारले समझदारीकाे पूर्ण पालना गर्ने प्रतिबद्धता जनाए । उनले भने ‘म आफैँ पीडितहरुलाई भेट्न चाहन्छु भनेर यहाँ आएको हुँ। यो आन्दोलनका दौरान जति दुःख पाउनु भयो म क्षमा चाहन्छु । अब आरामसँग घर फर्किनु होला । फर्कनका लागि केही सहजीकरण गर्नु परे सरकार तयार छ । सरकारले सम्झाैता पूर्ण पालना गर्छ ।’
मंसिर ९, २०८१ आइतबार |