८ भदौ, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उच्च अदालत विटनगरले दोस्रोपटक चेतावनी सहितको आदेश दिएको छ । उनलाई व्यक्तिको जग्गा हस्तक्षेप नगर्नको लागि अदालतले दोस्रोपटक आदेश दिएको हो ।
धरान उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित मोरङ डाँडाको जग्गामा मेयर साम्पाङले वृक्षारोपण गरेका थिए । तर उक्त जग्गा रोशन अधिकारी र रोजिना अधिकारीको नाममा रहेको देखिएको छ । वृक्षारोपणपश्चात उक्त जग्गाबारे निरन्तर विवाद हुँदै आएको छ ।
विवाद भएपछि साउन ६ गते जग्गाधनीहरु अदालत पुगका थिए । उच्च अदालत विराटनगरले साउन ११ गते उक्त जग्गा व्यक्तिको नाममा देखिएकोले मुद्दाको अन्तिम किनार नलागेसम्म हस्तक्षेप नगर्न आदेश दिएको थियो ।
तर साम्पाङले अदालतले जे भनेपनि सो जग्गा सरकारी भएकोले हडप्न नदिने पक्षमा देखिएका देखिए । मेयर साम्पाङ यतिकै रोकिएनन्, उनले डोजर लगाएर घर भत्काईदिन्छु भन्न थाले ।
केही दिनअघि अधिकारी दम्पत्ति र मेयरबीच विवाद भएको भिडियो सार्वजनिक भएको थियो । सो विवादका क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै मेयर साम्पाङले प्रहरीमा उजुरी दिएका छन् ।
यता अधिकारी दम्पत्ति भने पुन अदालत पुगे । अदालतले दोस्रो पटक आदेश जारी गर्दै अधिकारी दम्पत्तिको जग्गामा नपस्न र धरपकड नगर्न भनेको । आदेशपछि मेयर साम्पाङले अदालतको आदेशको स्वागत गरेको अभिव्यक्ति दिएका छन् ।