रौतहट । राैतहटकाे गुजरा नगरपालिकामा ट्रयाक्टरको ठक्करबाट दुध लिन गएका १३ वर्षीय बालकको मृत्यु भएको छ । गुजरा नपा ४ मुस्लिम टोल स्थित मामाघरमा बस्दै आएका शेख हसमुल्लाको १३ बर्षिया छोरा शेष सहनवाजको मृत्यु भएको हो ।
धनसरबाट जंगलसैया तर्फ आउने क्रममा ना ७ त ७५७ नम्बरको ट्रयाक्टरले साइकलबाट बाटो काट्ने क्रममा सहनवाजलाई ठक्कर दिएको थियो । आज बिहान ७ : १५ बजेको समयमा ठक्कर दिँदा सहनवाजकाे टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उपचारको लागि चन्द्रपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको मृत्युपछि आफन्त र स्थानीयले युवकको शवलाई घटनास्थलमा ल्याएर जंगलसैया धन्सार सडकलाई अवरुद्ध बनाएका छन् ।
घटनास्थालमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।ट्रयाक्टर चालक गुजरा ९ अम्तवाका मुर्जामुल मिया मन्सुरीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।