जनकपुरधाम । मधेश प्रदेश सरकारबाट काँग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ ।
मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री नेपाली कांग्रेसका दलका नेता कृष्ण प्रसाद यादव ,गृह तथा संचारमन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह लाई बर्खास्त गरिएको हो । उनीहरूले राजीनामा दिन नमानेपछि बर्खास्त गरीएको मुख्यमन्त्री निकट स्रोतले बतायो ।
यस्तै एमालेका संसदिय दलका नेता सरोज यादवलाई भौतिक पुर्वाधार मन्त्रीमा नियुक्त गरिएको छ। उनलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ ।